मुख्य समाचार
छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण | सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध | बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित |

छठपर्व : सुरक्षाका लागि मधेसमा ‘अप्रेसन आस्था’ लागू

Ujyalosandeshonline 11084+ समाचार ( )
७ कार्तिक २०८२, शुक्रबार

धनुषा । तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ । छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जानकारी दिनुभयो ।  

यस योजनाअन्तर्गत प्रदेशभरका आठवटै जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी नायब महानिरीक्षक थपलियाले ‘अप्रेसन आस्था’बारे जानकारी दिँदै छठपर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो । उहाँका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, झैझगडा गर्ने, भीडभाडमा अव्यवस्था सृजना गर्नेलगायत सम्भावित घटनालाई रोक्न यो विशेष योजना लागू गरिएको हो ।   

सुरक्षाकर्मीको परिचालनमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोशाकका सुरक्षाकर्मीसमेत समावेश गरिएको छ । प्रहरी नायब महानिरीक्षक थपलियाले प्रहरी बललाई छठघाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको बताउनुभयो । उहाँले छठपर्व आस्थासँग जोडिएको पर्व भएकाले जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न सुरक्षाका सबै संयन्त्र सक्रिय रूपमा खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने जोकोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएको छ । थप निगरानीका लागि अत्यधिक भीडभाड हुने स्थलहरूमा सिसी क्यामेराबाट निगरानी, सुरक्षाचौकी स्थापना र मोबाइल गस्ती टोलीलाई सक्रिय पारिएको छ ।रासस 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार