मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पाल्हीनन्दनले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता

Ujyalosandeshonline 11005+ समाचार ( )
७ पौष २०८०, शनिबार

परासी । नवलपरासीको पाल्हीनन्दन गाउपालिकाले आफ्नो नागरिकलाई आवश्यक पर्ने रगतका लागि कुनै प्रकारको शुल्क नलाग्ने गरि नेपाल रेडक्रस सोसाईटी नवलपरासीसँग सम्झौता गरेको छ । 

रगत आवश्यक पर्ने बिरामीलाई सहज ढंगले रगतको उपलब्ध गराउने उदेश्यले कुनै प्रकारको शुल्क नलिईने र आवश्यक शुल्क गाउपालिकाले नै तिर्ने गरि सम्झौता भएको हो ।

रगत निशुल्क नै हुने भए पनि ब्लड बैंक सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले ब्लड बंैक सञ्चालन गर्दा आवश्यक ब्यवस्थापकिय कार्यका लागि शुल्क लिदै आएको छ । 

तर अहिले गाउपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत ब्लड बैकबाट लिदा लाग्ने सेवा शुल्क गाउपालिकाले नै तिरिदिइने गरी सम्झौता भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । 

दुर्घटना तथा प्रसुती महिलालाई बढि आवश्यक पर्ने गरेको छ, उनले भने, पाल्हीनन्दनका विरामी भएको खण्डमा सिफारिस सहित रेडक्रससँग रगत माग गर्दा ति विरामीले तिर्ने शुल्क गाउपालिकाले नै तिर्छ । यसले विरामीलाई राहत पुग्ने विश्वास गरिएको उनले बताए ।

प्रमुख प्रशासकिय अधिकृत शुरुमा सरावल गाउपालिकामा हुदा देखी नै सरावलबाट यस्तो चलन चलाएका थिए । पछि सुस्ता जादा पनि सुस्तामा पनि यस्तो निर्णय भएको थियो । 

अहिले पाल्हीनन्दनमा सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले सो सेवा पाल्हीनन्दन गाउपालिकामा पनि शुरु गराएका छन् । निटक भविष्यमा आँखा अस्पतालसँग सम्झौता गरि मोतिविन्दु भएका विरामीलाई पनि मोतिविन्दुको अप्रेसन गराउने खर्च पालिकाले नै ब्यहोरिदिने जानकारी गराए । 

शिविर सञ्चालन गर्दा विरामीलाई निशुल्क सेवा लिनका लागि शिविर कुर्ने पर्ने बाध्यता पनि हट्ने र पाल्हीनन्दन गाउपालिकाको स्रोत अन्यलाई पनि दिइनु पर्ने बाध्यता हट्ने छ, प्रशासकिय अधिकृत पौडेलले भने , रगतका लागि पनि विरामीलाई कति लाग्ने के लाग्ने र कहाँ पाउने जस्ता समस्या हट्नेछ ।

निशुल्क रगत र मोतिविन्दुका विरामीको आँखा अप्रेसन सधैभरि नै निशुल्क सेवा दिईने प्रति गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता पनि सकारात्मक र उत्साही नै रहेको उनको भनाई थियो । अध्यक्ष गुप्ता र नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाका सभापति राजेन्द्र अग्रहरी विच निशुल्क रगत उपलब्ध गराउने गरि विभिन्न सर्त सहितको दुई पक्षिय सम्झौता भई सकेको छ । आँखा अस्पतालसँग सम्झौता पनि छिट्टै हुने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार