मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ भाद्र २०८३, सोमबार

मर्चवार । राष्ट्रिय बाल दिवसको अवसरमा रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–६ हणसरीस्थित श्रीराम गुरुकुल शिक्षालयले विभिन्न टोलहरूमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। गुरुकुलमा अध्ययनरत करिब ७० जना विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, शिक्षक तथा सुरक्षाकर्मीको सहभागितामा निकालिएको प्रभातफेरी हणसरी टोल र फुलवरिया चोक हुँदै पुनः गुरुकुल परिसरमा पुगेर समापन भएको थियो। मर्चवार क्षेत्रमा गुरुकुल शिक्षाको सुरुवातसँगै पहिलोपटक बाल दिवसका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिएको मर्चवारीमाई गाउँपालिका–६ का वडाध्यक्ष रामसेवक खरबिन्दले जानकारी दिनुभयो।

वडाध्यक्ष खरबिन्दका अनुसार स्थानीय ठर्की माध्यमिक विद्यालय टाढा रहेको र अन्य मदरसाहरूमा हिन्दु बालबालिकालाई पठनपाठनमा सहज वातावरण नभएपछि वडा कार्यालयको अगुवाइमा चालु शैक्षिक वर्षदेखि यो गुरुकुल स्थापना गरिएको हो। हाल तीन जना शिक्षक र एक जना धार्मिक आचार्यमार्फत बालबालिकालाई औपचारिक शिक्षाका साथै संस्कार, अनुशासन र नैतिक शिक्षा प्रदान गरिँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार