मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |
मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |


कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने छौं ः मन्त्री पौडेल

Ujyalosandeshonline 11002+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

भैरहवा । उप–प्रधान एवम अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने जनाएका छन् । 

सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा बिहिबार देखि भैरहवामा सुरु भएको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्दै  मन्त्री पौडेलले व्यवसायीहरुलाई निराश नहुन आग्रह गरेका हुन्  । कार्यक्रमलाई सम्बोधन गर्दै  उनले देशको अवश्था पहिलेको अवश्थाबाट सप्रिदै गएको बताए । 

विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न उनले आग्रह गरे । हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउदै अर्को भवन निर्माण गर्न बाँकी रहेको उनले बताए । “विमानस्थलमा अरु काम पनि बाकी छ । पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नै बाकी छ ।” उनले भने “एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडी बढदैछौ । निर्णयहरु क्रमश कार्यान्वयन हुदैछन् । निजि क्षेत्रले गर्ने कामहरु गर्नुपर्छ । विमानस्थल राम्रोसंग चल्छ । कसरी चल्छ हामी चलाएर देखाउछौं । ”

मन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधार युक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बनाउने बताए ।  भैरहवालार्ए समून्नत र आधुनिक शहरको रुपमा विकास गरिने उनले धारण राखे ।  

अर्थमन्त्री पौडेलले निर्माणधिन आयोजना देखाउदै निराशा छर्ने काम भएको गुनासो गरे । बुटवल–नारायाणघाट सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसंग समन्वय गरिरहेको उनले बताए ।

बिहिबारबाट सुरु भएको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव पुस १ गते सम्म सञ्चालन हुनेछ । मेला आयोजक मूल समिति संयोजक ठाकुर कुमार श्रेष्ठले महोत्सव उद्यमशीलता विकास पनि भएकोले  नयाँ उद्यमी बन्न चाहनेले यहाँ आएर धेरै सिक्न सक्ने बताए ।

भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचारप्रसारमा मद्दत गर्ने उद्देश्यसहित संघले महोत्सव आयोजना गरेको हो । लुम्बिनी पर्यटक आउने बातावरण छैन । यसका लागि काम गरौं । पर्यटकलाई दुःख दिएर हुँदैन ।’ उनले जथाभावी प्रहरी चेकिङले पर्यटकले दुःख पाइरहेको बताए । पाण्डेयले तेस्रो मुलुकका लागि मात्रै पर्यटक भन्ने तर भारतीयलाई नभन्ने बानी रहेको जनाउँदै अब त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले महोत्सवले यहाँको आर्थिक अवस्थालाई बलियो बनाउने बताए । ‘आर्थिक गतिविधि धेरै हुँदा समग्र अर्थतन्त्रलाई फाइदा गर्छ’, उनले भने, ‘यसका लागि यस्ता महोत्सव कोशेढुंगा सावित हुनसक्छन् ।’ उनले नगरपालिकाले सबै क्षेत्रको एकीकृत विकास गरिरहेको जनाए ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको अवस्था उद्योगी–व्यवसायी मैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको बताए । ‘अहिले उद्योग–व्यवसाय धमाधम बन्द भइरहेका छन् । यसलाई उकास्न जरुरी छ’, उनले भने, ‘सरकारले सहुलियत दिएर वा अन्य उपाय खोज्न जरुरी देखिन्छ ।’

संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा निराशालाई आशामा बदल्ने प्रयास गरिएको जनाए । सबै उत्पादनको एकैथलोमा प्रदर्शन हुने भएकाले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । उनले मेलामा आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्ने जनाए । उनले व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हुने र जो ब्यापार गरेर स्थापित भएका छन्, उनीहरुका लागि यो अध्ययन हुने बताए ।

गौतबुद्ध विमानस्थललाई पूर्णक्षमतामा चलाउनु पर्ने, भिषा, म्यानपावर, श्रमस्वीकति, नोअब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण संस्था लगायत तत्काल खोल्न आग्रह गरे । यस्तै, भारतीय पर्यटकले कम्तिमा ५ हजार डल बोकेर नेपाल आउन पाउनुपर्ने, भैरहवामा नेपाल पर्यटक बोर्डको कार्यालय खोल्नुपर्ने, सेजमा देखिएका समस्या समाधान गर्नुपर्ने, ट्रंकलाइनको समस्या समाधान गरी पीडित उद्योगीलाई सहयोग गर्नुपर्ने, आईसीपीलाई रेल्वे कनेक्सनसम्म जोड्नुपर्ने, भैरहवाबाट सुर्खेत, नेपालगंज, विराटनगर, जनकपुर धनगढी लगायतमा आन्तरिक हवाई उडान संचालन गर्नुपर्ने, बेलहिया नाकामा पर्यटकलाई सहजरुपमा आगमनको व्यवस्था गर्नुपर्ने, भैरहवाबाट बौद्धिष्ट मुलुकमा हवाई उडान गर्नुपर्ने लगायतका माग सरकारसँग राखे ।

३ सय स्टल रहेको महोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादनसम्म प्रदर्शनीमा राखिएको संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । उनका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदैछ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले निजी क्षेत्रको मनोबल बृद्धि गर्ने अपेक्षा गरिएको महासचिव कृष्णप्रसाद घिमिरेले बताए । महोत्सव उद्घाटन अघि करिब ३ सय संघसंस्थाका प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित विभिन्न जातजातिको सांस्कृतिका झाँकीसहित र्याली निकालिएको थियो । महोत्सव पुस १ गतेसम्म संचालन हुनेछ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने आयोजको अपेक्षा छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार