मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा पाण्डे

Ujyalosandeshonline 12437+ समाचार ( )
७ पौष २०८०, शनिबार

भैरहवा । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । भैरहवामा भएको अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पाण्डेले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

संघको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, उपाध्यक्षमा केशव कुँवर, महासचिवमा यादव पोखरेल, सचिवमा तेज बहादुर खत्री, कोषाध्यक्षमा सुन्दर भण्डारी र सह–कोषाध्यक्षमा विनोद आचार्य निर्वाचित भएका छन् ।

निर्वाचन समिति सदस्य लक्ष्मण ज्ञवालीका अनुुसार संघको कार्यसमिति सदस्यहरुमा बसन्त पाण्डे, सन्तोष शर्मा, प्रकाश पाण्डे, रमेश धवल, विष्णु गौतम, गंगाराम पराजुली, पिताम्बर खनाल, सुनिल यादव र हेमराज पौड्याल निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति संयोजक तथा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले सपथग्रहण गराएका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै मदिरा व्यवसायी संघ, भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष बाबुराम पाण्डेले व्यवसायीका गुनासो सुन्दै सल्लाह–सुझाव लिएर अघि बढ्ने बताए । उनले संस्थालाई अझ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीका अनुसार २०७७ सालमा स्थापना भएको संस्थामा हाल १५२ जना सदस्यहरु आबद्ध छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार