मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

थमन विक हत्या मुद्दामा सांसद कोइरीलाई सफाइ, शर्मालाई जन्मकैद

Ujyalosandeshonline 11002+ समाचार ( )
२८ मंगशिर २०८०, बिहीबार

जनकपुर । सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महोत्तरी जिल्ला अदालतले एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ भने लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय फैसला गरेको छ । 

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हो । प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको अदालतले जनाएको छ । 

आरोपितमध्ये १९ जना फरार छन् । उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको छ । एमालेका प्रतिनिधिसभा सदस्य कोइरीसहित २८ जनाविरुद्ध २०७२ फागुन २७ मा अदालत जिल्ला महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा दर्ता भएको थियो ।

मधेस आन्दोलन भइरहँदा २०७२ भदौ २५ मा सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए । उनलाई उपचारार्थ जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरिएको थियो । 

अदालतले जन्मकैदको सजाय सुनाएका शर्मा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता हुन् । यसअघि पक्राउ पुर्जी जारी हुँदा लुकेर २०७५ साउन अन्तिम साता सोझै अदालत आएका उनी साधारण तारेखमा छुटेका थिए । प्रहरीको फरार सूचीमा रहेका बेला प्रदेशसभा चुनाव जितेका उनी प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार