मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कांग्रेस अत्यन्त संवेदनशील र चलायमान पार्टी हो : नेता डा. शशाङ्क कोइराला

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

जनकपुरधाम । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टी अत्यन्त संवेदनशील र चलयमान पार्टी भएको दाबी गरेका छन् । सव. नेता महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित समारोहमा बोल्दै नेता कोइरालाले देशमा विगत ३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको दाबी गरेका छन् ।

देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाई फोन सबै कांग्रेसको देन रहेको नेता कोइरालाले बताए । यी सबै उपलब्धि कांग्रेसकै कारणले आएको भएपनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरुलाई सुझाव दिए ।

नेता कोइरालाले केन्द्रिय कार्यसमितिमा ४० वर्ष भन्दा मुनिका कोहि पनि नरहेका गुनासो गरे । उनले युवाहरुलाई स्वेदशमै बसेर रोजगार सृजना गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको औंल्याए । उनले १७ लाख हेक्टर कृषि योग्य भूमि रहेको यस भूमिको सही सदुपयोग गर्न सकेमा ४० करोड जनसङ्ख्यालाई खाद्यान्न आपूर्ति गर्न सकिने बताए । उनले स्थानीय वस्तुको ब्राण्डीङ गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार