मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

सामुदायिक विद्यालयद्वारा दश रोपनीमा केरा खेती

रासस 461+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

वालिङ (स्याङ्जा) । यहाँको एक सामुदायिक विद्यालयले ‘पढ्दै कमाउँदै कार्यक्रम’अन्गर्तत बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक केरा खेती सुरु गरेको छ । वालिङ नगरपालिका–१० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले केरा खेती सुरु गरेको हो । जिल्लाकै नमूना विद्यालयकारूपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै आफ्नै स्वामित्वमा रहेको करिब १० रोपनी जग्गामा ‘जी नाईन’ जातको केराका बेर्ना लगाएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जा प्राविधिक शिक्षालयको साझेदारी व्यावसायिक उत्पादन कार्यक्रमअन्तर्गत केरा खेती गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो । “विगत लामो समयदेखि विद्यालयको स्वामित्वमा रहेको जमिन बाँझो रहेको थियो” उहाँले भन्नुभयो, “बाँझो जमिनको सदुपयोग पनि भयो पढ्दै कमाउँदै कार्यक्रम साथै कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान विषयका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास पनि यहीँ गराउन सक्ने भएका छौँ ।”

व्यावसायिक केरा खेती कार्यक्रमका लागि कार्यालयको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत लागत साझेदारी रहेको छ । कार्यालयकातर्फबाट  तीन लाख ९५ हजार ७१० रुपैयाँ र विद्यालयकातर्फबाट एक लाख ६९ हजार ५९० रुपैयाँ गरी कूल पाँच लाख ६५ हजार ३०० रुपैयाँ लगानी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार