मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रामग्राम विकास जिम्मा दिने प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन

Ujyalosandeshonline 12431+ समाचार ( )
२८ माघ २०८०, आइतबार

काठमाडौं । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिन थालेको प्रक्रिया खारेज गर्न संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । 

नवलपरासीको रामग्राम क्षेत्र विकासको जिम्मा निजी कम्पनीलाई दिन कोषले  प्रक्रिया थालेको छ । उक्त प्रक्रिया खारेज गर्न समितिको आइतबारको बैठकले सरकारलाई निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले बताए । 

त्यस्तै, रामग्राम क्षेत्रको विकासको जिम्मा निजी कम्पनीलाई दिने निर्णयमा संलग्नमाथि अनुसन्धान गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय भएको समिति सभापति पोखरेलले जानकारी दिए  । 

युनेस्कोको मापदण्ड, कानुनी प्रक्रिया पालना गर्न र मापदण्डविपरीत भएका क्षेत्रहरुको थप अनुसन्धान गर्न समेत समितिले सरकारलाई आग्रह गरेको छ । 

त्यसैगरी, ऐनसेलको सेयर खरिदबिक्री सम्बन्धी अनुसन्धान समितिले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र लेखा समितिलाई बुझाउन समेत सरकारलाई निर्देशन दिएको छ । 

समिति बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समितिको बैठकले गरेका निर्णयहरु सरकारले मान्नुपर्ने बताए । समितिले बैठक मात्र राख्ने तर निर्देशन भने दिने नगरेको उनको भनाइ थियो । 

उनले भने, ‘गरिमामय यो समितिले उपयुक्त निर्णय गरोस्, यसलाई खारेज गर्नुपर्छ भने समितिले नै निर्देशन देओस् । अन्यथा यो समितिले बैठक मात्र बसाउने,  निर्णय र निर्देशन नदिने हो भने लुम्बिनी विकास कोषको अध्यक्ष म हुँ, बैठक बसेर पुनर्विचार गरिने छ ।’ 

एउटा पक्षले गल्ती गर्दा अर्को पक्षले सच्याउनु नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री किरातीले ठोस निर्णय गर्न समितिलाई आग्रह गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार