मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

आन्दोलनरत शिक्षक महासंघ र सरकारबिच वार्ताको तयारी

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट आह्वान गरेका छन् । 

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई सरकारको तर्फबाट हार्दिक आह्वान गरेका हुन् । यस्तै, उनले विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न उपयुक्त निकास निकाल्न सदैव प्रयत्नशील रहेको बताए ।

उनले शिक्षक प्रतिनिधिहरुसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविक रहेको भन्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न सदैव प्रयत्नशील रहेको बताए ।

विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रक्रियामा रहेकोमा उक्त विधेयकलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कमर्चारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको पनि उनको भनाई छ । मन्त्री पन्तको प्रयासपछि शुक्रबार नै आन्दोलनरत शिक्षक महासंघ र मन्त्रालयबीच वार्ताको तयारी सुरु गरिएको छ । दुवै पक्षले वार्ता टोली बनाउने र शुक्रबार साँझसम्म वार्ता गर्ने बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार