मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पाल्पामा सुरक्षा व्यवस्था कडा पारिँदै, जंगलबाट दुई थान अवैध भरुवा बन्दुक बरामद

Ujyalosandeshonline 11005+ समाचार ( )
२६ पौष २०८२, शनिबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले रैनादेवी छहरा गाउँपालिकाको जंगल क्षेत्रबाट दुई थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । विशेष गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका ती हतियार नियन्त्रणमा लिएको हो । रैनादेवी छहरा गाउँपालिका–८ स्थित सुनाहा जंगलमा केही व्यक्तिहरू अवैध हतियार लिई सिकार खेल्न आएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमान्डमा तत्काल टोली खटिएको थियो ।

प्रहरीले जंगल क्षेत्रमा पुगी व्यापक खोजतलास गर्ने क्रममा सिकारीहरू फेला नपरे पनि उनीहरूले छोडेका दुई थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) होम प्रकाश चौधरीले बरामद हतियारबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पंजियार थारुले कार्यभार सम्हालेसँगै जिल्लाको शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार आएको महसुस गरिएको छ । एसपी थारुको आगमनपछि जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सक्रियता देखाएको छ । यो सक्रियताकै कारण गाउँघरमा लुकाई छिपाई राखिएका अवैध हतियारहरू बरामद हुन थालेका छन् ।

विशेषगरी निर्वाचनलाई लक्षित गर्दै एसपी थारुले जिल्लाभरको सुरक्षा व्यवस्थालाई थप कडा र चुस्त बनाएका छन् । उनी स्वयं जिल्लाका विभिन्न प्रहरी युनिटहरूमा पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिने, मातहतका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिने तथा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरी सुझाव लिने कार्यमा जुटेका छन् । प्रहरी नेतृत्वको यस्तो सक्रियताले सर्वसाधारणमा सुरक्षाको प्रत्याभूति बढेको पाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार