मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

समृद्धिकालागी युवा परिचालन प्राथमिकता : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11009+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिको संवाहकका रूपमा युवा परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । प्रगतिशील युवा समाज मायादेवी–१, कपिलवस्तुका युवाहरूसँगको छलफलमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको समृद्धिका लागि हरेक क्षेत्रमा युवा परिचालनको नीति अवलम्बन गरिएको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार कृषि, उद्यम व्यवसाय, समुदाय परिचालन र सशक्तीकरणका क्षेत्रमा युवालाई सक्रिय रूपमा संलग्न गराउने नीति बनाइएको छ । सरकारले उक्त नीति अनुरूप बजेटमार्फत सम्बोधन पनि गर्ने स्पष्ट पार्नुभयो ।

`बाल विवाहमुक्त प्रदेश बनाउन किशोर–किशोरीहरूको साथ आवश्यक छ । समुदायमा सचेतना फैलाउन तपाईंहरू सक्रिय हुनु जरुरी छ´ उहाँले भन्नुभयो`मातृ मृत्युदर र बाल मृत्युदर बढ्दो छ । यसमा पनि समुदाय परिचालन र सशक्तीकरणका लागि तपाईंहरूको साथको खाँचो छ । पोषणको अवस्था पनि सुधार गर्न जरुरी छ ।´

भेटमा युवाहरूले बालबालिका, युवा तथा महिलाहरूको सशक्तीकरणका लागि बाल क्लब, युवा क्लब र महिला समूहसँग मिलेर सामाजिक रूपान्तरणका लागि सचेतनामूलक सडक नाटक, र्‍याली, विद्यालय भर्ना अभियान तथा क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरू गर्दै आएको जानकारी गराएका थिए ।

युवा समाजका अध्यक्ष दुर्गेश यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आगामी आ.व. २०८२/०८३ का लागि युवा लक्षित कार्यक्रम तथा बजेटमा प्राथमिकता दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार