मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मधेश प्रदेशमा अवैध ढङ्गले भित्रिने सेतो अण्डा नष्ट गर्ने अभियानमा सशस्त्र प्रहरी

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

जनकपुर । मधेश प्रदेशमा सशस्त्र प्रहरी बलले अवैध रूपमा आयातीत सेतो अण्डा बरामद तथा नष्ट गर्ने क्रमलाई तीव्र बनाएको छ । मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएयता कडाईका साथ उक्त अभियानमा सशस्त्र प्रहरी बल लागिपरेको देखिएको छ ।

मुख्यमन्त्री सिंहको निर्देशन पश्चात सशस्त्र प्रहरी बलले प्रदेशका आठवटै जिल्लामा दैनिकजसो सेतो अण्डा बरामद गरी नष्ट गर्ने गरेको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब (डिआइजी) महानिरीक्षक कालीदास धौवजीले बताए ।

हिजो (बुधबार) मात्र सिरहाबाट २४ क्यारेट, सर्लाहीबट ३२ क्यारेट र रौतहटबाट ४० क्यारेट गरी ९६ क्यारेट सेतो अण्डा बरामद गरी नष्ट गरिएको छ ।

भारतबाट अवैध रूपमा भित्रिने त्यस्ता वस्तुका कारण व्यवसायमा समस्या भएको, भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधबार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार