मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

कोटहीमाई गाउँपालिकाले ल्यायो कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर ४७ करोड ८९ लाखको बजेट

Ujyalosandeshonline 11009+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै ४७ करोड ८९ लाख ६५ हजार बराबरको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीका अनुसार, 'व्यवसायिक कृषि पेशा अवलम्बन गरौं, आत्मनिर्भर बनौं' भन्ने नाराका साथ कृषि क्षेत्रको यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरणमा जोड दिइएको छ ।

यसका लागि सिँचाइ प्रवर्द्धन, कृषि सडक निर्माण, कृषिमा अनुदान, र नश्ल सुधार जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन् । रासायनिक मललाई निरुत्साहित गर्दै हरियो मल प्रवर्द्धन गरिनेछ । शिक्षा क्षेत्रमा, शिक्षक र विद्यार्थीको अनुपात मिलाउने, पूर्वप्राथमिक तहदेखि अंग्रेजी भाषामा शिक्षण सिकाईलाई प्रोत्साहन गर्ने र स्थानीय कला, संस्कृति झल्काउने 'हाम्रो कोटहीमाई' नामक पाठ्यक्रम विकास गर्ने नीति लिइएको छ ।

त्यसैगरी, स्वास्थ्य क्षेत्रमा सरकारी मापदण्डअनुसारका औषधिहरूको पर्याप्त व्यवस्थापन, खोप केन्द्रहरूको निर्माण र गाउँपालिकाबासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँगको सम्झौतालाई निरन्तरता दिइनेछ ।

गाउँपालिकाकी उपाध्यक्ष सुशिला कुमारी यादवले प्रस्तुत गर्नुभएको बजेटमा संघीय सरकारबाट समानीकरण अनुदान ११ करोड ९२ लाख, प्रदेश सरकारबाट ८३ लाख १० हजार, राजस्व बाँडफाँडबाट ११ करोड ६९ लाख ५५ हजार र सशर्त अनुदान १८ करोड ८७ लाख रुपैयाँ रहेको छ । साथै, पर्यटन, रोजगारी, पूर्वाधार विकास, र सुशासनलाई पनि कार्यक्रममा समावेश गरिएको छ ।

प्रतिक्रिया

नर्वदेश्वर पान्डेय :कुडसर . १० श्रावण २०८२, शुक्रबार

कोटही माई गापा भित्र सिचाई सुविधामा धेरै कमी छ। यसको लागि विद्युत सञ्चार बहुत जरूरी छ। वडा नम्बर ३ मा सिचाई सुविधा छैन। नहर र नदी पनि छैन। छिटो भन्दा छिटो चारै तिर पोल तार जडान गराई सिंचाई प्रणालीको व्यवस्था मिलाउनु को लागि अनुरोध गर्दछु।

Ashish Thakur १० श्रावण २०८२, शुक्रबार

Proud to be resident of kotahimai rural munacipality i would like to recommend to concerned authority to provide skill training in agriculture ,seasonal and off seasonal farming and regarding distribution of agricultural tools it should be distributed to needy one rather than those who have access to mayor and deputy mayor .similarly in education and health sectors quality health care and quality education should ensure .Additionally inside marchawar there is no any scope of education as per demand of market in todays era there is no faculty of such one like health management stream for bachelor and master even for plus two tjere is very weak situation

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार