मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

एमालेले ०८४ मा एकल बहुमत ल्याउँछ : ओली

Ujyalosandeshonline 12444+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले एमालेलाई ०८४ को चुनावमा बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले एकल बहुमत ल्याउने गरी पार्टीपंक्ति अगाडि बढ्नुपर्ने भन्दै सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटी साथै कार्यकर्ताहरू परिचालन गर्ने हो भने बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताए । 

उनले भने, ‘हामी गम्भिरताका साथ मिसन ८४ को लागि अगाडि बढेका छौं ।  अर्थात ०८४ मा एकल बहुमत ल्याउने छौं । कम्तीमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटी एवन कार्यकर्ताहरू परिचालन गरेर गयौँ भने बहुमत ल्याउनबाट कसैले पनि रोक्न सक्दैन, बहुमत ल्याउन सक्छौँ ।’

यस्तै, उनले एमालेमाथि जति नै असभ्य आरोपहरु लगाए पनि नेपाली जनताले पार्टीमाथि विश्वास गरेको कारण आज एमाले राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रुपमा रहेको बताए । 

उनले भने, ‘असभ्य आरोपहरु लगाएपनि नेपाली जनताले हाम्रा विरुद्धका त्यस्ता आरोपहरुलाई विश्वास गरेको छैन् । त्यसै कारण आज पार्टी सरकारमा छ । त्यसकारण राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रुपमा रहेका छौं । बहुमत कसैसँग छैन् । तर पनि पार्टी लोकप्रिय मतको हिसाबले प्रमुख पार्टी हो ।’

साथै, आउँदो निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने भन्दै आफ्नो पार्टी सरकारमा भएको नाताले पनि धाँधली हुन नदिने उनको भनाई छ । उनले भने, ‘हामी सरकारमा छौँ, आउँदो निर्वाचनमा कसैले धाँधली गर्न सक्दैन, हामी पनि सरकारमा छौ र सरकारमा भएर धाँधली रोक्ने छौँ, दृढताका साथ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ । दुष्प्रभावबाट मुक्त निर्वाचन हुनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै