मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

Ujyalosandeshonline 12441+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

मंगलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताएका हुन्।

‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँभन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन ।

मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ । अहिलेको सरकार जनताको सरकार हो। सामाजिक न्याय र समानता सहित समृद्धिको यात्रामा हिंडेको सरकार हो’प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ । 

उनले सरकार सुशासन र विकासको अभियान मा लम्किरहेको बताए । ‘सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार भएको भन्दै देश र जनता प्रतिनिष्ठा र प्रतिबद्ध रहेको बताए । 

उनले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको दाबी गरे। शुभकामना सन्देशमा भनिएको छ,‘हामीले विधिवत् रुपमा सामाजिक सुरक्षा अभियान लाई भिन्नै र उन्नत स्तरबाट सुरु गरेका थियौं । सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास हो ।त्यसैले यस भित्र हाम्रा अभिभाराहरु हामीले उपयुक्त ढंगले बुझ्न जरुरी छ ।

सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो। मानवजाति सचेत प्राणीभएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो। तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समय सम्म त्यति सफल रहेन । यसका लामा इतिहास छन् । पछिहाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सन जस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार लिन थाल्यो।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार