मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मर्चवारमा मुर्ती विसर्जन गर्न सुरक्षा ब्यवस्था कडा

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

मर्चवार । रूपन्देहीको मर्चवारमा मुर्ती विसर्जनको लागि सुरक्षा ब्यवस्था कडा पारिएको छ । कोटहीमाई ५  तिनाउ र दानव नदीको संगम स्थल दुईमोहानमा मुर्ती बिसर्जन, जल भर्ने लगायत विभिन्न धार्मिक कार्यको गतिविधिमा हुने विभिन्न घटनाबाट जोगिन सुरक्षा ब्यवस्था कडा पारिएको ईलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए ।

प्रहरी निरीक्षक घिमिरेले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय लुम्बिनी, सशस्त्र प्रहरी बल मझगावा, सशस्त्र प्रहरी बल दुई मोहानबाट समेत सुरक्षाकर्मी खटाइएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट थप जनशक्ति ब्यवस्थापन गरी मुर्ती विसर्जन स्थलमा तयारी अवस्थामा राखिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।

मुर्ती विसर्जन स्थललाई पूर्णरूपले सुरक्षित र ब्यवस्थित बनाइएको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष संजय कुमार सैनीले जानकारी दिएका छन् । मुर्ती बिसर्जन स्थलमा घेरा लगाई, दुर्घटना सम्भावित क्षेत्रमा प्रवेश निषेध गरी मुर्ती बिसर्जनको लागि ५ वटा लाइफ ज्याकेटको ब्यवस्था गरिएको वडध्यक्ष सैनीले बताए । 

विसर्जनका लागि आएका मुर्तीहरू विसर्जन स्थलमा प्रवेश गर्ने ब्यक्तिले अनिवार्य लाइफ ज्याकेट लगाउन प्रबन्ध गरिएको उनले बताए । यस अघि तिहार छठ् तथा मुर्ती बिसर्जनमा हुने विभिन्न घटनाबाट सच्न विभिन्न कुराबारे सचेतनामुलक अडियो टोलटोलमा प्रचार प्रसार समेत गरिएको वडध्यक्ष सैनीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार