मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

‘संविधान संशोधन गर्दा मधेशको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ’

Ujyalosandeshonline 11005+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् । मधेश केन्द्रित दलहरुबीच गठित कार्यदलको बैठकले आफूहरुको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो ।

धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताए । उनले खासगरी बैठकमा छलफलको  सुरुवात भएको बताए ।

उनले भने,‘जुन उदेश्यका लागि हामी बस्यौं, त्यसमा खास गरेर जुन अहिले देशको  राजनीतिक प्रस्तुति, संविधान संशोधनका कुराहरु र समसामयिक राजनीतिक घटनाक्रमहरुलाई लिएर मधेशबाट प्रतिनिधित्व गर्ने सबै दलहरुका बीचमा एउटा छलफलको सुरुवात भएको दिन हो  । यसलाई हामीले  निरन्तरता दिने निर्णय समेत गरेका छौँ । ’

यसैगरी उनले सरकार बनाउनु भन्दा अगाडि दुई दलले गरेको संविधान शंसोधनको कुरामा संविधानमा छुटेका कुराहरु समेट्नुपर्ने आफूहरुको माग रहेको बताए । उनले  संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘खासगरी जुन संविधन संशोधन गर्ने निर्णय दुई दलले गर्नु भएको थियो सरकार बनाउनु भन्दा अगाडि त्यसमा हाम्रो मान्यता संविधान बनिराख्दा र जारी भइराख्दा मधेश आन्दोलित थियो, मधेशमाथि गोली चलाएर, मधेशमाथि दमन गरेर संविधान जारी गरेको अवस्था थियो । तर संशोधन गर्नुपर्छ भन्ने पक्षमा हामी मधेशवादी दलहरु थियौं । संशोधन जसलाई चित्त बुझेको छैन, जो अधिकारबाट  बन्चित भएका छन् संशोधन उनीहरुको लागि हुनुपर्छ । त्यसअनुरुप नै संशोधनको  कुरा आउँदाखेरी जुन कुराहरु संविधानमा छोडिएका छन्, सिमान्तकृत जनजातिको  हक अधिकारको कुरालाई छोडिएको छ र समेटिन सकिएको छैन । यसबारे संविधानमा समेट्नको लागि छलफल सुरु गरेका हौं ।’

यसैगरी उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सिमान्तकृत वर्गको मुद्धालाई उझेलमा पार्ने प्रयास भएकाले  आफूहरुले  झकझकाउन खोजीरहेको बताए । उनले मधेश आन्दोलन खत्तम (खराब) हो,पार्टी टुक्रा टुक्रा भए अब हामीले जे पनि गर्दा हुन्छ भन्ने सोच हटाउन सरकारलाई  अनुरोध समेत गरे ।

उनले भने, ‘सिमान्तकृत बर्गको मुद्धालाई उझेलमा पार्ने प्रयास भैरहेको छ । त्यसलाइ हामी झकझकाउन खोजीरहेका छाँै । उनीहरुले के बुझेका छन् भने मधेश आन्दोलन खत्तम (खराब) हो,पार्टी टुक्रा टुक्रा भए, अब हामीले जे पनि गर्दा हुन्छ उनीहरुको मानसिकतालाई ०६३ सालको आन्दोलनले तोडेको छ । माओवादी जनयुद्ध र मधेश आन्दोलनले तोडेको छ । देशमा त ४७ सालपछि धेरै उपलब्धि भयो तर यी उपलब्धिलाई दुई जनाले समाम्त पार्न खोज्नुभएको छ त्यो हामीलाई स्विकार छैन । ’

बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ । सरकारले संविधान संशोधनको एजेन्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन् ।

बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, लमलोपालगायत दलका नेताहरुका साथै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भए । बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने सहभागी भएन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार