मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

‘भ्रमण वर्षले गर्छ भरतपुर ब्राण्डिङ’

Ujyalosandeshonline 12433+ समाचार ( )
१५ माघ २०८०, सोमबार

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष–२०२४ आयोजना गरिएको बताएकी छन्  ।

भ्रमण वर्षको कार्यक्रम आयोजना विषयमा सोमबार भरतपुरमा होटल व्यवसायीसँग भएको छलफलमा उनले भरतपुर महानगरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिन् ।

‘भरतपुरमा अहिले पनि पर्यटक आइरहनु भएको छ, भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रुपमा यो कार्यक्रम गर्न लागिएको हो । भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुँदैछ,’ उनले भनिन् 

यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रोसर, स्टिकर, बुकलेट, भिडियो सामाग्री बनाउने, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्व, संघसंस्था, व्यवसायीलाई निम्तो बाँड्ने काम गरिरहेको जानकारी उनले दिइन ।

भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालको दाबी छ । 

भ्रमण वर्षका लागि भरतपुर–६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभइ सधैंका लागि प्रत्यक्ष रुपमा बाघ हेर्ने स्थल हुने उनले बताइन । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधै खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्नेमा उनले जोड दिइन । 

महानगरपालिकाको अथक मिहिनेतपछि यी दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु निर्माण र खुला गर्न सकिएको उनको भनाइ थियो ।दियालो बंगलाको स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको र भ्रमण वर्षको १० दिन अघपिछि खुला हुनेगरि काम अघि बढेको उनले उल्लेख गरिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै