छठको अवसरमा मन्त्री पाण्डे जनकपुर धाममा

Ujyalosandeshonline 11020+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

जनकपुर । मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे आज पवित्र जनकपुरधाम पुगेर छठीमाईको पूजाअर्चना गरेका छन् । उनले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा भएका ब्रतालु तथा सर्वधारण सँग छठको शुभकामना साट्नुका साथै छठको सामाजिक, संस्कृतिकएवं धर्मिक महत्व र मैथिली सभ्यतमा यसको प्रभाव लगायतका विषयमा जानकारी लिएका थिए ।

सोही क्रममा मन्त्री पाण्डेले प्रशिद्ध जानकी मन्दिरको दर्शन गर्नुका साथै पूजा अर्चना गरेका थिए । सो अवसरमा उपस्थित जनप्रतिधि लगायतका अगुवाहरु सँग जनपुरका धार्मिक महत्वलाई विश्वका अन्य मुलुकमा समेत प्रचार प्रसार गरी धार्मिक पर्यटन विस्तारका बारेमा अन्तरक्रिया गरेका थिए । साथै उनले जनकपुर स्थित विमानस्थलको स्तरोउन्ती गरी भैरहवाको गौतम वुद्ध अन्तर्राट्रिय विमानस्थलले जस्तै धार्मिक पर्यटकलाई जनकपुरमा ल्याउन सहज हुने विषयमा छलफल गरेका थिए । 

मन्त्री पाण्डेले आजै जनकपुर विमानस्थलको समेत अनुगमन गर्नु भएको थियो  विमान स्थल अनुगमनका क्रममा नै विमानस्थल परिसरमा झन्डो उत्तोलन समेत गर्नुका साथै विमान स्थलमा निर्माण भएको पानीको फोहोराको समेत उद्घाटन गरेका थिए । सो अवसरमा प्रतिनिधि सभा सदस्य मनिष झाले जनपुरमा निर्माण भएका छठ घाट लगायतका क्षेत्रको बारेमा मन्त्री पाण्डेलाई जानकारी गरएका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार