मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |

कोशी प्रदेशसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग, कांग्रेस सांसदको आपत्ति

Ujyalosandeshonline 11013+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

विराटनगर । संघीय गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै कोशी प्रदेशसभामा बुधबार एक सांसदले गीतमार्फत विरोध जनाएका छन् । नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य गोम्बु शेर्पाले शून्य समयमा चर्चित गीत ‘भिजिट भिसामा हजुर’ गाएर गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।

शेर्पाले आफ्नो सम्बोधनको सुरुवात चर्चित गीतबाट गर्दै भने, ‘भिजिट भिसामा हजुर, भिजिट भिसामा भुइँ छाडेर उड्ने हजुर, पश्चिम दिशामा’ यस गीतमार्फत उनले विदेश पलायनमा जान बाध्य नेपाली युवाहरूको पीडा चित्रण गरेका थिए ।  त्यसपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा बेरोजगार युवाहरूबाट लाखौँ रुपैयाँ असुली हुने गरेको दाबी गरे ।

शेर्पाले गृहमन्त्री लेखकको सचिवालयमा ‘बदनाम र विवादास्पद’ व्यक्ति सक्रिय रहेको भन्दै मिलेमतोको आशंका व्यक्त गरे । उनले आरोप लगाए, ‘लुटधन्दा सञ्चालन गर्ने व्यक्तिहरूको मुख्य संरक्षण गृहमन्त्री स्वयं हुन्। त्यसैले अनुसन्धानमा सघाउन उहाँले पदबाट राजीनामा दिनुपर्छ ।’

कांग्रेस सांसदको आपत्ति

शेर्पाको भनाइप्रति नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवारले कडा आपत्ति जनाए । उनले भिजिट भिसा प्रकरण संघीय सरकारले हेर्ने विषय भएको उल्लेख गर्दै प्रदेशसभामा यस विषयलाई अतिरञ्जित ढंगले उठाइएको आरोप लगाए । 

‘संसद्को आफ्नै मर्यादा हुन्छ । संघीय संसद्को अपमान हुनेगरी प्रदेशसभामा यस्ता विषय उठाइनु अनुचित हो ।’ सुनुवारले भने उनले भिजिट भिसा सम्बन्धी विषयमा अनुसन्धान र कारबाहीको प्रक्रिया संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले त्यसलाई राजनीतिक रूपमा दुरुपयोग नगर्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार