मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

शिक्षिका अष्ट्रेलियामा तर विद्यालयबाट तीन लाख तलब निकासा

Ujyalosandeshonline 11005+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

अर्जुन थपलिया

सिरहा । श्री जनता माध्यमिक विद्यालय प्राविधिक गोलबजारमा बेतलवी असाधारण बिदामा बसेकी शिक्षिकाको तीन लाख तलब निकासा गरेर प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाका अधिकृत सुवोध लामाले अपचलन गरेको घटना सार्वजनिक भएको छ । 

प्राप्त जानकारी अनुसार शिक्षिका बिमला झा गत २०८१ जेठ १० गतेदेखि विद्यालयमा अनुपस्थित छिन् । शिक्षिका झाले बेतलवी असाधारण बिदाका लागि निवेदन दिएकी थिइन् । उनको बिदा स्वीकृतिको लागि विद्यालयबाट वडा कार्यालयको सिफारिससहित नगरपालिकाको शिक्षा शाखामा पठाइयो । शिक्षा अधिकृत लामाले पनि सिफारिससहित उनको फाइल जिल्ला शिक्षा समन्वय इकाई सिरहामा पठाइ दिए । तर बिदा स्वीकृति भएन । 

बिदा स्वीकृति नभएपनि शिक्षिका झा छोरीको अतिथि बनेर अष्ट्रेलिया गइन् । उनी अहिलेसम्म फर्केकी छैनन् । तर प्रधानाध्यापक भरत साहले उनको हाजिरी प्रमाणित गरेर नगर शिक्षा शाखामा पठाए । नगरपालिकाले २०८१ असोजसम्मको तलब निकासा दियो । प्रधानाध्यापक साहले विद्यालयबाट  झाको तलब २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा लिए । उनले हाजिरी रजिष्टरमा आफैले हाजिरी गरिदिएका छन् ।  

शिक्षिका झाको तलब निकासा लिएर अपचलन गरेको भन्दै विद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि घटना प्रकाशमा आएको हो । 

आयोगको कार्यालय बर्दिवासले प्रधानाध्यापक साहलाई बोलाएर स्पष्टीकरण लिएको छ । अख्तियारले फाइल मागेपछि अत्तालिएका प्रधानाध्यापकले हाजिरी रजिष्टरमा टिपेक्स लगाएर हाजिरी मेटाएका छन् र गयल जनाइदिएका छन् । तर उनले अपराध लुकाउन गरेको प्रयासले उनलाई झन् उदाङ्गो पारिदिएको छ ।  

यस सन्र्भमा प्रधानाध्यापक साहसँग जिज्ञासा राख्दा उनले भने,‘शिक्षिका झा अष्ट्रेलिया गएकी हुन् र उनको बिदा समेत स्वीकृत भएको छैन ।’ तलब किन र कसरी निकासा भयो भनेर प्रश्न गर्दा, प्रअ साहले यस विषयमा भेटेरै कुरा गर्छु भनेर फोन काटेका थिए । 

यता शिक्षा शाखा प्रमुख सुवोध लामासंग प्रश्न गरियो–आफैले असाधारण बिदा स्वीकृतिको लागि सिफारिस गरेको शिक्षिका झाको हाजिरी कसरी रुजु गरियो र किन तलब निकासा दिनुभएको भनेर प्रश्न उर्दा उनले भने,‘ झुक्किएर गयो होला । फिर्ता गराउने प्रक्रिया थालिएको छ ।’ प्रअ र तपाईँले आधा आधा बाँडेर खाने मिलिभगत गर्नुभएको आरोप छ नी भन्दा उनी भडकिए । चर्को स्वरमा बोल्दै उनले भने,‘पत्रकारिता गर्नुस्, मानिसलाई तनावमा पार्ने काम नगर्नुस् ।’ 

संविधान सभा सदस्य तथा पूर्वप्रदेश सांसद जगत यादब भन्छन्,‘यस प्रकरणमा हेडमास्टर र शिक्षा अधिकृतको मिलिभगत देखिन्छ ।’ बिमला झाको बेतलवी बिदा स्वीकृति गरिदिन शिक्षा अधिकृत सुवोध लामाले आफैले सिफारिस गरेका थिए । त्यही शिक्षिकाको हाजिरी प्रमाणित र तलब निकासाको माग आउँदा शिक्षा अधिकृत लामाले कसरी र किन रुजु गरे ? किन तलब निकासा दिए ? यसमा झाको तलब झिकेर प्रधानाध्यापक र शिक्षा अधिकृतले बाँडेर खाने प्रपञ्च रचेको प्रष्ट देखिन्छ । गोलबजार नगरपालिकाको शिक्षा शाखा भ्रष्टाचारको अड्डा बनेको छ ।

यस विषयमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको प्रतिक्रिया माग्दा उनले भने,‘म फाइल अध्ययन गर्दैछु । दोषी जो भएपनि कारवाही गर्छु ।’ उनले शिक्षा अधिकृत लामाको संलग्नता देखिए उनलाई पनि कारवाहीको दायरामा ल्याउने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार