मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिट विजयी

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ चैत्र २०८२, मङ्गलबार

भैरहवा । देवदह क्रिकेट युनिट भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको मंगलबारको खेलमा विजयी भएको छ । देवदहले सैनामैला क्रिकेट क्लबलाई ७ रनले हराउँदै जित दर्ज गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले ३३ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २० रन बनायो । उसका लागि रोशन गौतमले ३२, कृष्ण कार्कीले २८ र सुमन पाण्डेले १२ रन बनाए । बलिङमा सैनामैनाका किरण भट्टराईले ९ ओभर ३ बल बलिङ गर्दै २७ रन खर्चेर ६ विकेट हात पारे । यस्तै, योभ यादव, सुनिल पौडेल र निश्चल क्षेत्रीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैनाले ३२ ओभरमा अलआउट हुँदै १ सय १३ रन मात्रै बनायो र झिनो रनअन्तरले पराजित भयो । उसका लागि सुनिल पौडेलले ३१, सुशान्त क्षेत्रीले २३, किरण भट्टराईले १८ र निश्चल क्षेत्रीले ११ रन बनाए । बलिङमा देवदहका रोशन गौतमले ७ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, कृष्ण पराजुलीले ३ तथा शशिधर टण्डन र विष्णु कटरियाले १–१ विकेट लिए । खेलमा रोशन गौतम प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए ।

प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् । यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार