मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विमानस्थलमा बरामद १४ किलो सुनबारे छानबिन गर्न समिति

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

शुक्रबार भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको प्रमुख भन्सार प्रशासक डा.टोकराज पाण्डेले जानकारी दिए । 

पौडेलको संयोजकत्वको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखाअधिकृत मञ्जु थापा रहेको उनले जानकारी दिए । 

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । सुन ल्याउने चन्द्र घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले बताए ।

उनले भने, ‘सुन जस्तो देखिने पहँेलो धातु परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । यस सम्बन्धमा थप छानविनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।’बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार