मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

‘१९औँ फेवा नव बर्ष महोत्सव’ चैत २९ गतेदेखि

Ujyalosandeshonline 11474+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

काठमाडौं । ‘१९औँ फेवा नव बर्ष महोत्सव’ यही चैत २९ गतेदेखि सुरु हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गर्दै होटल संघ, पोखरा नेपालले ‘१९ औं फेवा नव बर्ष महोत्सव’ २०८१ यही चैत २९ गतेदेखि हुने जानकारी दिएको हो  ।

‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ फेवातालको किनारस्थित स्थानीय ड्यामसाइड चोक देखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव आयोजना गर्ने आयोजकले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको हो ।

‘पोखरालाई पर्यटकीय राजधनी घोषणा गरिए पश्चात् आयोजना हुन गईरहेको यस १९ औं फेवा नव बर्ष महोत्सवको तयारीमा संघ जुटेको पनि यहाँहरुलाई विधितै छ । यही चैत २९ गते देखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनार स्थित स्थानीय ड्यामसाइड चोक देखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव वृहत रुपमा आयोजना गरिने छ ,’ विज्ञप्तिमा भनिएको छ । 

नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ । 

आयोजकका अनुसार कोभिड १९ पश्चात् पुर्ववत् अवस्थामा संचालन हुन नसकी थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धन गर्ने पनि अर्को उद्धेश्य महोत्सवले लिएको छ ।

महोत्सवको तयारीका लागि २१ वटा विभिन्न समिति गठन गरी एरिया संयोजक समेत तोकिएको छ । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल पनि महोत्सवमा समेटिने छन् भने गोर्खा ब्रुअरीको मुख्य प्रायोजन रहेको महोत्सवलाई पोखरा महानगरपालिका र पर्यटन बोर्डले प्रवर्द्धन गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार