त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत हुने, भैरहवा र पोखराबाट उडान गर्न पत्राचार

Ujyalosandeshonline 11090+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

भैरहवा । काठमाडौंबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुले अब भैरहवा र पोखराबाट अनिवार्य सेवा दिनुपर्ने भएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मत सम्भार गर्नुपर्ने भएकोले उक्त समयावधीमा कटौती हुने उडान काठमाडौं बाहिर विमानस्थलबाट गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई पत्राचार गरेको छ ।

जसकारण काठमाडौंबाट सेवा दिदै आएको कम्पनीहरुले अब भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट अनिवार्य उडान गर्नुपर्ने भएको छ । प्राधिकरणका अनुसार आगामी नोभेम्बर ८ बाट मर्मत सम्भारका लागि राती १० बजे देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द रहनेछ । जसकारण सो समयावधीमा काठमाडौंबाट ३३ प्रतिशत उडान कटौती हुने देखिएको छ ।

‘यही उडान कटौतीका कारण सेवा प्रदान गर्ने सबै कम्पनीहरुलाई भैरहवा र पोखराबाट उडान गर्न पुनः व्यवस्थापन तालिका बनाउन आग्रह गर्दै पत्राचार गरेका छौँ’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

काठमाडौंबाट सेवा प्रदान गर्ने वायुसेवा कम्पनीहरुले करिब पाँच महिनाको उडान अवतरणको पुनःतालिका बनाउनु पर्ने हुन्छ । हाल काठमाडौं विमानस्थल २१ घण्टा संचालन रहेको नोभेम्बर ८ बाट दश घण्टा बन्द भएपछि ११ घण्टामात्र संचालन हुनेछ ।

उक्त समयमा धावनमार्ग अवरुद्ध हुनेभएकाले हुन नसक्ने उडानमध्ये भैरहवाबाट २० प्रतिशत र पोखराबाट १० प्रतिशत उडान गर्नका लागि तालिका बनाउन कम्पनीहरुलाई पत्राचार गरिएको उनले बताए ।

अर्बौ लगानी लगाएर ठ्डाइएको विमानस्थल सुनसान भएपछि प्राधिकरणले यही मौकामा कम्पनी हरुलाई काठमाडौं बाहिर विमानस्थलबाट सेवा दिनुपर्ने पत्र पठाएको हो । काठमाडौंबाट सेवा दिदै आएको कम्पनीहरुले बाध्यात्मक अवस्थामा भैरहवा र पोखराबाट सेवाप्रदान गर्न सुरु गरेपछि यी विमानस्थलहरु चलायमान हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार