मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

जयशंकरको भ्रमणका क्रममा गोप्य र षड्यन्त्रपूर्ण सम्झौता गरियो : पोखरेल

Ujyalosandeshonline 11009+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गठबन्धन सरकारले राष्ट्रको स्वाधिनतामा आँचपुग्ने कतिपय गोप्य षड्यन्त्रपूर्ण ढंगले सम्झौता गरेको आरोप लगाएका छन् पोखरेलले सो विषयलाई लिएर एमाले गम्भीर भएको बताए

शनिबार ललितपुरमा एमाले निकट जनसाँस्कृतिक महासंघले आयोजना गरेकोजबजको सौन्दर्य चिन्तन नामक ग्रन्थको लोकार्पणमा बोल्दै पोखरेलले जयशंकरको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलसँग सरकारले कुनै प्रकारले छलफल नगरेकोप्रति तिक्तता पोखे

एमाले आफ्नो एजेण्डामा स्पष्ट रहेको उल्लेख गर्दै उनले नेपालको राष्ट्रिय स्वार्थलाई हित हुनेगरी छिमेकीसँग आँखामा आँखा जुधाएर अहिलेको सरकारले काम गर्न नसकेको बताए राष्ट्रिय स्वाभिमान स्वतन्त्रताका विषयहरु गठबन्धन सरकारले धुमिल बनाउँदै लगेको पोखरेलको आरोप थियो

हालसालै छिमेकी देशका परराष्ट्रमन्त्री भ्रमणमा आउँदा गरिएका सहमति सम्झौताहरु नेपालका कुनै प्रतिपक्षी दलहरुसँग सल्लाह वा विमर्श केही भएको छैन् कुनै जानकारी छैन् गोप्य ढंगले षड्यन्त्रपूर्ण ढंगले वास्तवमा नेपालको स्वाधिनतामा आँच आउने पुग्ने हिसावले कतिपय विषयहरु सम्झौता गर्ने नाममा गरिएका छन् यसलाई नेकपा एमालेले अत्यन्तै गम्भीर रुपमा लिएको

आफ्नो सरकारको पालामा बलियो बनाएको राष्ट्रिय एकताको कुरालाई अहिलेको सरकारले धुमिल पारेको आरोप लगाउँदै पोखरेलले सामाजिक सद्भाव एकतालाई खल्बल्याएर राष्ट्रिय स्वाधिनतामाथि आँच पुर्याउन खोजिएकाले त्यसतर्फ शर्तक रहेर सामाजिक सद्भाव अभिवृद्धि गर्न लाग्नुपर्ने धारणा राखे

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार