मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |
मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |


रारामा कर्णाली प्रदेशकै पहिलो चारतारे रिसोर्टको निर्माण सुरु

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

मुगु । कर्णाली प्रदेशकै पहिलो चारतारे लक्जरी रिसोर्ट राराको मुर्मा टपमानिर्माण कार्य सुरु भएको छ ।कर्णाली प्रदेशमा तीन तारेसम्मका होटलहरु संचालनमा रहेपनि सोमबारबाट अष्टे«लियामा व्यवसाय गरिरहेका गैर आवासीय नेपालीहरुकोे लगानीमा कर्णालीकै पहिलो चारतारे सुबिधा सम्पन्न रिसोर्ट राराको मुर्मा टपमा भूमि पुजा गरी निर्माण प्रारम्भ गरिएको हो । 

गत बर्ष काठमाडौंमा सरकारले आयोजना गरेको लगानी सम्मेलनमा अष्ट्रेलियामा रहेका नेपाली अभिषेक बिक्रम शाहलगायतको टोलीले ड्रिम प्रोजेक्टका रुपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धतासहित सरकारसंँग रारा होल्डिङ्स रिर्सोट प्रालिले सम्झौता गरेको थियो ।

१८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे अनुसार राराको मुर्मा टपमा चारतारे रिसोर्टको सोमबार हिन्दु धर्म अनुसार भूमि पुजा गरी निर्माणको शुभारम्भ गरिएको हो । कुल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्टको पहिलो फेजमा कुल लागत एक अर्ब रुपैंयाँको रहेको छ । पहिलो फेजमा ३६ र दोस्रो फेजमा १९ वटा सुबिधा सम्पन्न कोठामा ९८ शैया रहनेगरी निर्माण सुरु भएको हो ।

दैनिक एकसय जना आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने रिसोर्टको सोमबार भुमि पुजा गरी निर्माण कार्य सुरु गरिएको र रिसोर्ट विधिवत रुपमा माघ ३० गते काठमाडौमा पर्यटन वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले शिलन्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ्स रिर्सोट प्रालिले जानकारी दिएको छ ।

रारा क्षेत्रमा सुबिधा सम्पन्न होटल नभएका कारण पर्यटकको दुखेसो पोख्दै आएका बेला सिंजा भ्याली, रारा, छायानाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रबद्धनका लागि रिसोर्ट निर्माण गर्न लागिएको रारा होल्डिङ्स रिर्सोट प्रालिका परियोजना प्रबन्धक अरुण चन्दले जानकारी दिए । 

समूद्री सतहबाट तीन हजार ५ सय मिटर उचाईमा निर्माण हुने रिसोर्ट चैत्र महिनाबाट पूर्वाधार निर्माणको काम थालनी हुनेछ । रिसोर्ट संचालन आएपछि प्रत्यक्ष १ सय २० जनाले रोजगारी पाउने छनभने एक हजार भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको र भारतीयहरु धार्मिक पर्यटकका रुपमा भित्र्याउने लक्ष्य राखिएको रिर्सोटका प्रतिनिधि ऐटन मल्लले जानकारी दिए ।  

स्थानीय मौलिक परम्पराका घर शैलीमा निर्माण हुने रिसोर्टमा एकसय जना क्षमता भएको सेमिनार हलको सुविधा हुने जनाइएको छ । रिसोर्टका प्रत्येक कोठाका झ्यालबाट रारा र हिमाली श्रृङखलाको अवलकन समेत गर्न सकिने जनाइएको छ ।

घुम्न आउने पर्यटकहरुले रारामा गासबासका लागि समस्या हुने गुनासो गरिरहेका बेला माझघट्ट, सल्लेरीमा एक दर्जन भन्दा बढी होटल संचालनमा आइसकेका छन् । तर नयाँ रिर्सोट निर्माणले पर्यटकलाई बस्न र खानका लागि समस्या नपर्ने छाँयानाथ रारा नगरपालिका—८ का होटल व्यवसाही बीर्ख रोकायाले बताए ।

रारामा बन्ने उक्त पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपको लगानी छ । सरकारसँग सम्झौता गर्दा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार