मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

लुते प्रधानमन्त्रीले देश सम्हाल्न सक्दैनन् : गगन थापा

Ujyalosandeshonline 11477+ समाचार ( )
९ असार २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको बताएका छन् । 

काठमाडौंमा शनिबार पार्टीको काठमाडौं–६ प्रदेशसभा क्षेत्रीय कार्यसमितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अहिले कुनै मन्त्रीले पनि नटेर्ने भन्दै लुते प्रधानमन्त्रीले देश सम्हाल्न नसक्ने बताए । 

उनले भने, ‘देश सम्हाल्ने काम प्रधानमन्त्रीको हो तर प्रधानमन्त्रीको हालत कस्तो छ ? चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भनेको जस्तो छ । कांग्रेसले हेप्यो, कांग्रेसले हेप्यो भनेर गएको हालत अहिले एउटा मन्त्रीले प्रधानमन्त्रीलाई टेर्दैन, एउटा मन्त्रीले टेर्दैन । प्रधानमन्त्रीले बोल्दै गर्दा संसदमा मन्त्री आउँदैन । उपप्रधानमन्त्री आउँदैन । मन्त्रीले खल्तीबाट राजीनामा दिउँ, राजीनामा दिउँ भनेर थर्काउँछ । यस्तो प्रधानमन्त्री, यस्तो लुते प्रधानमन्त्री भएको बेलामा सम्हाल्छ त, कसरी सम्हाल्ने । मैले आरोप लागएको होइन, आफंै हेर्नु हालत, मन्त्री र मुख्यमन्त्री कसैले टेर्दैनन् ।’

उनले ‘बा’ले आफैलाई मात्रै टेर्ने, प्रधानमन्त्रीलाई गन्दै नगन्ने मन्त्रीहरु सरकारमा पठाएको भन्दै यो सरकार यसरी चल्न नसक्ने बताए । यस्तो अवस्थामा प्रधानमन्त्रीले संसदमा उभिएर म गर्छु, सम्हाल्छु भन्नुपर्ने ठाउँमा आफै गनगन गर्दै हिँडेको भन्दै उनले कटाक्ष गरे । 

उनले भने, ‘यता बाले सबै कस्तो मन्त्री पठाउनुभएको छ । बालाई मात्रै टेर्ने, मन्त्रीहरु प्रधानमन्त्रीलाई गन्दै नगन्ने, भौतिकमन्त्रीले ग्याङ लिएर गयो अर्थ मन्त्रालय, राति गएर २५ अर्ब बजेट चैट, सबै लगेर आफ्नो क्षेत्रमा लगेर हाल्यो । मैले कहिले पनि देखेको थिइँन यस्तो, कहिले सुनेको पनि थिइँन । नेकपा एमालेले यो सरकारको जिम्मा लिँदैन । त्यसकारणले गर्दा उसले बजेटको पनि विरोध गर्छ । यो सबै पछि जिम्मा नलिनको लागि गरेको हो । यो सरकार संयुक्त सरकार हो यसको जिम्मा कसले लिन्छ ? यो बेलामा प्रधानमन्त्रीले संसदमा उभिएर म गर्छु, सम्हाल्छु भन्नु पर्ने ठाउँमा, गनगन गरेको छ, रोएको छ ।’यस्तै, उनले अर्थतन्त्र सबैतिर अस्तव्यस्त भएको भन्दै ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था देशमा रहेको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार