मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

ओमसतियामा गाउँपालिकाको कडा एक्सन: २८ गतेदेखि अतिक्रमित संरचनामा डोजर चल्ने

Ujyalosandeshonline 11524+ समाचार ( )
१६ वैशाख २०८३, बुधवार

भैरहवा । रूपन्देहीको ओमसतिया गाउँपालिकाले सार्वजनिक सडक, पेटी तथा अतिक्रमित जग्गा खाली गर्न अन्तिम चेतावनी दिँदै कडा सूचना जारी गरेको छ। गाउँपालिकाले यसअघि पटक–पटक सूचना जारी गर्दा पनि बेवास्ता गरिएको र उल्टै सामाजिक सञ्जालमार्फत जनप्रतिनिधि एवं कार्यालयको छवि धमिल्याउने काम भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। गाउँपालिकाद्वारा जारी आधिकारिक सूचनाको विरुद्धमा कपोकल्पित र गैरजिम्मेवारपूर्ण कुराहरू सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूलाई त्यस्ता सामग्री हटाउन दुई दिनको अल्टिमेटम दिइएको छ। तोकिएको समयभित्र भ्रमात्मक सामग्री नहटाएमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी कार्यालयले दिएको छ।

गाउँ कार्यपालिकाको गत १५ गते बसेको बैठकले सर्वसम्मत रूपमा अतिक्रमित संरचना हटाउने निर्णय गरेसँगै अब गाउँपालिका प्रत्यक्ष एक्सनमा उत्रिने तयारीमा लागेको हो। सार्वजनिक सूचनामा उल्लेख भए अनुसार आगामी वैशाख २७ गतेभित्र सार्वजनिक स्थल, सडक, कुलो, नाला, पोखरी तथा अन्य अतिक्रमित क्षेत्रमा रहेका सम्पूर्ण भौतिक संरचना र खेतीबाली खाली गरिसक्नु पर्नेछ। यदि तोकिएको समय सीमाभित्र नागरिक आफैँले अतिक्रमण नहटाएमा वैशाख २८ गते सोमबारदेखि गाउँपालिकाले डोजर प्रयोग गरी त्यस्ता संरचनाहरू भत्काउन सुरु गर्नेछ।

अतिक्रमण हटाउने यो वृहत् अभियान मुख्यगरी बसन्तपुर चोकदेखि गाउँपालिका कार्यालय हुँदै ठुटिपिपल चोकसम्मको खण्डमा केन्द्रित हुनेछ। यसका साथै सिद्धार्थ राजमार्गको भैरहवा–परासी खण्ड अन्तर्गत डण्डा खोलादेखि रोहिणीसम्म, रामनगरदेखि सोक्रौली चोकसम्मको ओमसतिया खण्ड, पटखौलीदेखि दरखसवासम्म र वडा नं. ६ को धकधईदेखि मझौलीसम्मका सडकहरूमा रहेका अवरोधहरू हटाइने गाउँपालिकाले जनाएको छ। त्यस्तै शकरपुर चोक, जमुहानी, बृन्दावन, नरेनपुर सडक र विभिन्न वडा कार्यालय अगाडिका अतिक्रमित बाटोहरूमा पनि क्रमशः सफाइ अभियान चलाइनेछ।

"सुन्दर, शान्त, समृद्ध गाउँपालिका" बनाउने आफ्नो मुख्य अभियानलाई सार्थक तुल्याउन यो कदम चालिएको गाउँपालिकाले प्रस्ट पारेको छ। वैशाख २८ गतेदेखि गाउँपालिकाले अतिक्रमण हटाउँदा हुने कुनै पनि प्रकारको भौतिक क्षति र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने समेत सूचनामा उल्लेख छ। सार्वजनिक जग्गा संरक्षण गर्ने राज्यको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको भन्दै गाउँपालिकाले यस अभियानमा स्थानीय बासिन्दा तथा सरोकारवाला सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार