मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

३० लाख बराबरको स्वास्थ्य सामाग्री र औषधी सहयोग

Ujyalosandeshonline 11005+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

मुगु । हिमाली दुर्गम जिल्लाको खत्याड गाँउपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र रातापानिलाई सेन्टर जेभियर कलेज र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० लाख भन्दा बढीको स्वास्थ्य सामाग्रीसहित औषधी सहयोग गरेको छ ।

सामान्य उपकरण र सिटामोलसम्म औषधी नपाएर ऋणको भारी बोकेर उपचार गर्न नेपालगंञ्ज,सुर्खेत र काठमाडौं जानुपर्ने बाध्याता कायमै भएको अवस्थामा वेड,सक्सन मेशिन,फोटल डप्लर, सेन्ट्रिफ्यूज मेशिन,ओटोस्कोप, बेडसाईड  स्क्रिन,बिपी चेक मेशिन लगायत अन्य उपकरणसहित ७३ प्रकारका औषधी र सामाग्री सबै गरि ३० लाख भन्दा बढीको सहयोग गरेको  हो ।

स्वास्थ्य संस्थामा पर्याप्त सामाग्री र औषधी अभाव भएको बेला विषेश गरि यी सामाग्री र औषधीले बुढाबुढी बालबच्चा र सुत्केरी आमालाई ठूलो राहत पुग्ने समाज सेवी अनिल बानियाँले बताए । 

बानियाँको पहलमा खत्याड गाँउपालिकामा  कोभिडदेखी नै स्वास्थ्य संस्थाहरुमा विभिन्न उपकरण तथा औषधी सहयोग हुँदै आएको छ ।  गरिव बालबालिकाहरूलाई शिक्षामा परिवर्तन ल्याउनको लागी विद्यालय कपडा, स्टेसनरी, झोला, खेलकुद सामाग्रीहरु सहयोग गर्नुका साथै विभिन्न दैविक प्रकोप परेका स्थानीय नागरिकहरूलाई खाद्यान्न लगायत अन्य सहयोग गर्दै आईरहेका छन् । 

यो पटक पालिकामा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरण र औषधी सहयोग गरेकोमा बानियाँलाई धन्यवाद दिँदै सहयोग भएका सामाग्री र औषधी सहित सदुपयोग गर्ने र खत्याडी बासीहरु लाई स्वास्थ्यमा ठूलो टेवा पुग्ने खत्याड गाउँपालिकाका सूचना अधिकारी बिरेन्द्र बहादुर शाहीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार