मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एसईई २०८२: मुख्यमन्त्री आचार्यद्वारा निर्धक्क भएर परीक्षा दिन आग्रह

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आजबाट सुरु हुन थालेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय प्रशासन, स्थानीय तह, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, पत्रकार तथा नागरिक समाजलाई आवश्यक सहयोग गर्न अपिल गर्नुभएको हो ।

यस वर्ष लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना र ग्रेडवृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कूल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन ३३८ केन्द्राध्यक्ष, ६३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक र ६ सय ७६ कार्यालय सहयोगी गरी ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार