मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा राजेश महोत्रा क्षेत्री निर्वाचित

Ujyalosandeshonline 11005+ समाचार ( )
५ पौष २०८२, शनिबार

भैरहवा । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको १२ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनबाट राजेश महोत्रा क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । शनिबार भैरहवामा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लिलाधर भट्टराई, प्रथम उपाध्यक्षमा नरेन्द्र खनाल, द्वितीय उपाध्यक्षमा कल्पना भट्टराई (न्यौपाने), उपाध्यक्षमा गुनाखर खनाल, महासचिवमा बाल बहादुर घिमिरे (सुनिल), कोषाध्यक्षमा दल बहादुर गुरुङ, सचिवमा अर्जुन प्रसाद गौतम र सह–कोषाध्यक्षमा पदम राज पन्थ निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा शुभराज गौतम, रोमाकान्त भट्टराई, सुमन न्यौपाने, हरि प्रसाद ज्ञवाली, दामोदर पन्थी र सुधिर रावल चयन हुनुभएको छ । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रम संगठनका निर्वतमान अध्यक्ष राम प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष क्षेत्री पर्यटन विकास परिषद् लुम्बिनीका बोर्ड सदस्य समेत हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार