मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एमाले सचिवालय बैठकः प्रतिनिधिसभाका उम्मेदवार तय

रासस 692+ समाचार ( )
४ माघ २०८२, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेकका निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

“केही निर्वाचन क्षेत्रबाहेक सबै निर्वाचन क्षेत्रको उम्मेदवारको टुङ्गो लागेको छ”, उहाँले भन्नुभयो, “टुङ्गो लाग्न बाँकी निर्वाचन क्षेत्रको उम्मेदवारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।” उहाँका अनुसार पार्टी अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट र सभामुख देवराज घिमिरलाई झापा–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिवद्वय लेखराज भट्ट कैलाली–५ तथा रघुवीर महासेठलाई धनुषा–४ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो  ।

यस्तै सचिवद्वय महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाललाई तेह्रथुमबाट उम्मेदवार बनाउने निर्णय गरिएको छ । काठमाडौँ क्षेत्र नं १ बाट मोहन रेग्मी, क्षेत्र नंं २ बाट मणिराम फुयाँल, क्षेत्र नं ३ बाट रामेश्वर फुयाँल क्षेत्र नं ६ बाट अमनकुमार मास्के, क्षेत्र नं ८ बाट राजेश शाक्य र क्षेत्र नं १० बाट विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौँ क्षेत्रका अन्य निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष ओलीले टुङ्ग्याउने जिम्मेवारी सचिवालय बैठक लिएको उपमहासचिव भट्टले जानकारी दिनुभयो । यस्तै बैठकले पार्टी अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार