मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

भागेश्वरका उखु किसान आन्दोलित, माग पूरा नभए तीन जिल्लामा प्रदर्शन गर्ने

Ujyalosandeshonline 12457+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

काठमाडौं । भागेश्वर उखु किसान हकहित संरक्षण समितिले सरकारले समयमै माग सम्बोधन नगरेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । भागेश्वर चिनी मिलमा आबद्ध किसानहरुको अगुवाइमा प्रदर्शन गरिएको हो ।

बिहीबार भागेश्वर चिनी मिलले ‘हाम्रो माग पूरा गर,’‘उखु अनुदान भुक्तानी गर,’‘किसानले न्याय कहिले पाउने?’, ‘एकतर्फी मूल्य स्वीकार छैन’ र ‘उखु कृषक शोषण बन्द गर’ जस्ता नारासहित प्रदर्शन गरेकोहो । उक्त प्रदर्शनमा बोल्दै कञ्चनपुर उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिजन ठकुरीले सरकारले माग सम्बोधन नगरे आफ्नो शक्ति प्रदर्शन तराईका तीनवटा जिल्लामा गर्ने बताए ।

उनले भने, ‘सरकारले वार्तामा बोलाएको छ । वार्तामा बोलाएको भोलिसम्म हाम्रो आन्दोलन टुंगिने आशामा छौं । एक हप्ते सांकेतिक धर्ना प्रदर्शन गरेका हौं तर माग सम्बोधन नभए आफ्नो शक्ति प्रदर्शन तराईकै तीनवटा जिल्ला सर्लाही, नवलपारासी र कञ्चनपुरमा गएर देखाउने हो । सरकारले अहिलेको ७० रुपैयाँ माग पूरा गर्नुपर्छ ।’

किसानको मुख्य माग भनेको प्रतिकिलो उखुमा ७० रुपैयाँ अनुदान सुनिश्चित गर्नु हो । उनीहरुले सरकारी स्तरबाट लामो समयदेखि अनुदानको भुक्तानी रोकिनु किसानमाथिको अन्याय भएको भन्दै विरोध जनाउँदै आएका छन् । सरकार र किसानबीच वार्ता प्रक्रिया अघि बढ्दै गए पनि माग पूरा नहुन्जेल आन्दोलन स्थगित नहुने किसानहरुको अडान छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै