भैरहवा ।
जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई २१८ रनको लक्ष्य दिएको छ ।
भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.५ ओभरमा सबै विकेट गुमाउदै २१७ रन बनाएको छ । लुम्बिनीका लागि सबैभन्दा धेरै प्रज्वल थापाले ७२ रन बनाए । उनले ७९ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । यसै गरि ओपनर ब्याट्सम्यानद्वय मृनाल गुरुङ्गले ३८ रन र मनिष थापाले २४ रन बनाए । लुम्बिनीका लागि देव खनालले ३३ रन बनाउदा अर्का ब्याट्सक्यान विपर्सन केसीले २५ रन बनाए ।
बलिङ्गमा गण्डकी प्रदेशका चन्द्रकान्त पौडेल र विपिन खत्री र अमृत गुरुङ्गले समान २/२ विकेट लिदा सुवाष भण्डारी, कमल परियार र वंश क्षेत्रीले १/१ विकेट बाँडे ।