मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा सीमा लगाउने

Ujyalosandeshonline 11011+ समाचार ( )
२९ पौष २०८०, आइतबार

काठमाडौं । पछिल्लो समय नेपालसहित विभिन्न देशका विद्यार्थी तथा नागरिकहरूको आकर्षक गन्तव्यको रूपमा रहेको क्यानडाले आप्रवासन नीतिमा कडाइ गर्ने संकेत गरेको छ । पछिल्लो समय क्यानडामा बढ्दो बेरोजगारी र आवास संकट चुलिदै गएको छ ।

त्यहाँका  अध्यागमन मन्त्री मार्क मिलरले आउँदो केही महिनामा उनले देशमा बस्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा सीमा लगाउने सम्भावनाबारे छलफल भइरहेको बताएका छन् । विद्यार्थीहरूको संख्याको सन्दर्भमा अहिलेको संख्या चिन्ताजनक रहेको पनि बताए ।

अहिले नियन्त्रण बाहिर गएको बताउँदै मिलरले यस वर्षको पहिलो र दोस्रो त्रैमासिकमा आवासको माग घटाउन मद्दत गर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा सीमा तोक्ने सम्भावनाबारे विचार गर्ने बताएका हुन् ।

मिलरले विभिन्न प्रान्तमा व्यक्तिगत शैक्षिक संस्थाले के गरिरहेका छन् भन्ने कुरालाई अलि गम्भीरताका साथ हेर्नु अघि सङ्घीय तहमा सङ्ख्या मिलाउन आवश्यक रहेको पनि  बताए । क्यानडामा आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या संघीय सरकारले निर्माण गर्न मद्दत गर्ने घरहरूको संख्या भन्दा धेरै  छ । 

संघीय सरकारले स्थायी र अस्थायी दुबै बढ्दो संख्यामा आप्रवासीहरूलाई स्वागत गरेकोमा आलोचनाको सामना गर्नु परेको छ । जबकि देशले गम्भीर आवास अभावको सामना गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार