मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

वाणिज्य बैंकको अवस्था सुधारतर्फ

Ujyalosandeshonline 12431+ समाचार ( )
१० माघ २०८०, बुधवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकका वाणिज्य बैंकहरुको अवस्था सुधारतर्फ अघि बढेकाले ऋणको माग बढाउन ध्यान दिनुपर्ने बताएका छन् । 

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उनले केही घाटामा गएको देखिए पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै बैंकहरुलाई आश्वस्त पारे । 

गभर्नर अधिकारीले राष्ट्रिय वाणिज्य बैंक धेरै आरोह अवरोह पार गरेर अहिलेको स्थितिमा आइपुगेको बताए । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको पहलमा यो संस्थालाई पुनःस्थापना गरिएको भन्दै उनले अहिले आर्थिक अवस्था सुधार हुँदै गइरहेको भनाइ राखे ।

उनले भने, ‘अहिले राष्ट्रिय वाणिज्य बैंकलगायत सबै वाणिज्य बैंकहरुको आर्थिक अवस्था निकै राम्रो हुँदै गइरहेको छ । नेपालका बैंकहरु अलिकति घाटामा गएको जस्तो देखिन्छ ।  हाम्रा अर्थतन्त्रका सूचकहरु नै यस्तै भएर हो । नेपालको क्रेडिट विस्तारै बढ्ला जस्तो हामीले देखेका छौं । त्यसैले हामीले पोलिसी रेट पनि घटाउने गरेका छौं । नेपाल राष्ट्र बैंकको आधार दर आठ प्रतिशत कायम गरेका छौं ।’

नेपाल राष्ट्र बैंकले मासिक, त्रैमासिक, अर्धवार्षिक प्रतिवेदनहरु सार्वजनिक गरिरहेको बताउँदै यसले अर्थतन्त्र सुधार हुँदै गइरहेको देखिएको उनले दाबी गरे । 

उनले भने, ‘अब अन्य वाणिज्य बैंकहरुले पनि अब १०.१० प्रतिशतको आधारदरभित्रै ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । यसले कर्जाको माग पनि बढ्दै जाने हामीले विश्वास लिएका छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार