मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

विद्यार्थीको सिर्जना र नेतृत्वमा ब्रिटिस ग्रामर स्कुलमा ‘बिजिएसआर क्रियटिभ फेस्ट’

Ujyalosandeshonline 11002+ समाचार ( )
२६ माघ २०८२, आइतबार

भैरहवा । रुपन्देहीको ब्रिटिस ग्रामर स्कुल (बिजिएसआर) ले आफ्नो चौथो ‘क्रियटिभ फेस्ट’ सम्पन्न गरेको छ । ब्रिटिस एजुकेसन ग्रुपद्वारा व्यवस्थित यस विद्यालयले आयोजना गरेको महोत्सव केवल प्रदर्शनी मात्र नभएर विद्यार्थीहरुको उद्यमशीलता, नेतृत्व र कलात्मक प्रस्फुटनको एउटा उत्कृष्ट संगम रहेको कार्यक्रमका वक्ताहरुले बताए । 

चौथो फेस्टको सबैभन्दा सबल पक्ष विद्यार्थीको पूर्ण नेतृत्व थियो । जिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व विद्यार्थी अदनान शंखले गरेका थिए । कार्यक्रमलाई ४० भन्दा बढी विद्यार्थीले क्रमिक रूपमा सञ्चालन गरेर आफ्नो उद्घोषण कला र आत्मविश्वास प्रदर्शन गरेका थिए । 

महोत्सवमा पिजीदेखि कक्षा १२ सम्मका ५५० भन्दा बढी विद्यार्थीहरूले आफ्ना मौलिक सिर्जना पस्किएका थिए । विद्यार्थीहरु आफैंले स्टलहरू राखेर सामग्री बिक्री गरी व्यावहारिक बजार व्यवस्थापन सिक्नुको साथै रोबोटिक्सका नयाँ प्रयोग, ‘हन्टेड हाउस’, लट्री र आर्केट गेमहरूले दर्शकलाई निकै लोभ्याएका थिए ।

स्टलमा विद्यार्थीहरुद्वारा लिखित पुस्तकहरुको प्रदर्शनी र विद्यार्थीहरुले नै कोरेका कलात्मक पेन्टिङहरु रार्खिका थिए । भने लाइभ गीत र नृत्यले कार्यक्रममा थप रौनक थपेको थियो ।

“यो विद्यालयले दिने शिक्षा किताबी ज्ञानमा मात्र सीमित छैन । आजको विश्वव्यापीकरणको युगमा विद्यार्थीलाई आत्मनिर्भर बनाउन र उनीहरूको आत्मबल बढाउन यस्ता कार्यक्रम अपरिहार्य छन्,” प्रमुख अतिथि विष्णु प्रसाद पन्थीले भने । उनले बिजिएसआरको यो सिको अन्य विद्यालयले पनि गर्नुपर्नेमा जोड दिए ।

विद्यालयकी निर्देशक पुष्पा कँडेलका अनुसार, विद्यार्थीको सर्वाङ्गीण विकास, नयाँ सोच र चिन्तनको विकास गर्दै पढाइप्रति उत्साह जगाउनु नै यो फेस्टको मुख्य उद्देश्य हो । मोफसलमा रहेर पनि विश्वस्तरीय शैक्षिक वातावरण र प्रयोगात्मक सिकाइलाई विद्यालयले प्राथमिकता दिँदै आएको उनले बताइन् । कक्षा ११ र १२ का विद्यार्थीको नेतृत्वदायी भूमिका र साना विद्यार्थीहरुको सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त बनाएको थियो । कार्यक्रमको समापनमा संस्थापक प्राचार्य राजेन्द्र कुँवरले शिक्षकहरूको सहजीकरण र अभिभावकहरूको उपस्थितिले महोत्सवलाई सफल बनाएको भन्दै आभार प्रकट गरे ।

एक हजारभन्दा बढी अभिभावक र दर्शकको उपस्थिति रहेको यो महोत्सवले किताबी ज्ञान र चार पर्खालभित्रको सिकाइलाई मात्र शिक्षा मान्ने परम्परागत धारणालाई चुनौती दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार