रुपन्देही-१ मा रास्वपाका सुनिल लम्साल भारी मतान्तरले विजयी

Ujyalosandeshonline 11020+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

भैरहवा । रुपन्देहीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल शानदार जित हासिल गर्दै विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार लम्सालले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै सानदार जित दर्ता गराउनुभएको हो ।

अन्तिम परिणामअनुसार विजयी उम्मेदवार लम्सालले ५४ हजार ८ सय ४५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले भने ११ हजार ९ सय ८२ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्वल बोहरा ८ हजार ३ सय १ मत ल्याएर तेस्रो स्थानमा सीमित हुनुभएको छ । लम्साल र कांग्रेस उम्मेदवार खत्रीबीचको मतान्तर हेर्दा यस क्षेत्रमा रास्वपाका उम्मेदवारप्रति मतदाताको ठूलो लहर देखिएको छ ।

यस निर्वाचन क्षेत्रमा समग्रमा आधाभन्दा कम मतदाताले मात्रै आफ्नो मताधिकार प्रयोग गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार रुपन्देही निर्वाचन क्षेत्र नं १ मा कुल १ लाख ४३ हजार ८ सय २४ जना मतदाता दर्ता रहेका थिए । त्यसमध्ये जम्मा ६६ हजार ३ सय ७७ जना मतदाताले मात्र मतदान प्रक्रियामा सहभागिता जनाएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार