मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

शान्ति पुनर्स्थापना गृहको कामको सरोकारवालाद्वारा अनुगमन, समन्वय र सचेतनामा जोड

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ मंगशिर २०८२, सोमबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–१ बेलहियास्थित शान्ति पुनर्स्थापना गृहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा गर्दै आएका गतिविधिहरूको सरोकारवाला निकायहरूले स्थलगत अनुगमन गरेका छन् । प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्री, जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाई, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी लगायतको टोलीले संस्थाको सेवा प्रवाह, प्रभावकारिता र कार्यसम्पादनबारे जानकारी लिएको हो ।

अनुगमनका क्रममा जिसस प्रमुख चपाईले सीमा क्षेत्र संवेदनशील भएकाले समुदायमा सचेतना जगाउन र स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनुभयो । यस्तै, प्रहरी उपरीक्षक क्षेत्रीले सुरक्षा निकायसँग सूचना आदानप्रदान र जोखिममा परेकाहरूको तत्काल उद्धार प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

टोलीले संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा मानव बेचबिखनविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सरोकारवालाबीच बलियो सहकार्य आवश्यक रहेको औंल्याएको छ । संस्थाले वि.सं. २०७९ देखि रुपन्देहीमा मानव बेचबिखनविरुद्ध काम गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार