नेकपा एमाले गुल्मीको अध्यक्षमा पुन: बालसिंह काउछा

Ujyalosandeshonline 11076+ समाचार ( )
१ असार २०८१, शुक्रबार

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । मंगलबार देखि सुरू भएको अधिवेशनमा पदाधिकारी तहमा सहमति जुट्न नसकेपछि बिहीबार चुनाव भएको थियोे । 

एमालेको १२ औं जिल्ला अधिवेशनबाट काउछा पुन अध्यक्षमा निर्वाचित हुनुभएको हो । काउछाले ३८४ मत ल्याएर पुन: दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याउनुभयो ।

११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थियो । अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदान गरेका थिए । 

उपाध्यक्षमा जीवन खरेल निर्वाचित हुनुभएको छ । उहाँ ३४८ मत ल्याएर निर्वाचित हुनुभयो । खरेलका  प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत  ल्याएर पराजित हुनुभयो ।

सचिवमा धर्म विश्वकर्मा विजयी हुनुभएको छ । विश्वकर्माले ३७१ मत प्राप्त गरि निर्वाचित हुनुभयो  । उहाँका प्रतिस्पर्धी पदम अर्यालले १९० मत प्राप्त गर्नुभयो । 

सहसचिव पदमा चक्रबन्धु भुसाल ३४८ मत ल्याएर निर्वाचित हुनुभयो  । उहाँका प्रतिस्पर्धी ओम कार्कीले २१६ मत प्राप्त गर्नुभयो ।अधिवेशनको नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गर्नुभएको थियोे  । एमाले गुल्मीमा १० हजार बढी सङ्गठित सदस्य रहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार