मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सिद्धबाबा सुरुङमार्गबाट मन्त्री सिंहले भनेः यो सरकार विकास निर्माणकै लागि बनेको हो

Ujyalosandeshonline 12431+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार)ब्रेक थ्रु गर्ने क्रममा यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले सुरूङ मार्गको ब्रेक थ्रुपछि सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे । 

त्यस्तै उनले अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको बताए । राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको भनाई थियो ।

‘योजनाहरू राम्रो भएपनि राजनीति स्थीरता नहुँदा काम समयमा नसकिने र काममा व्यबधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार कांग्रेस ,एमाले र अरू साना दल मिलेर सरकार बनेको छ,’उपप्रधानमन्त्री सिंहले भने,‘दुई ठुला दल नमिलि राजनीति स्थायित्व दिन सम्भव नभएको कारणले गर्दा राष्ट्रिय आवश्यक्ता अनुसार अहिले संयुक्त सरकार बनेको छ ।’

उपप्रधानमन्त्री सिंहले विकास निर्माणको काममा जनताको सहभागिता र स्विकार्यता आवश्यक पर्नेमा पनि जोड दिए । यसअघिका सरकारले गरेन नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने पनि सिंहले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार