मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

आफ्नो मृत्युदर्ता आफै बनाउने सिंह प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 11474+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

भैरहवा । नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) प्रहरीले सरकारी लिखत, छाप किर्ते गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नम्बर १४ गंगाबस्ती स्थितमा तान्त्रिक विद्या सिकाउने र झारफूक समेत गर्ने शिव नारायण सिंह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) का सूचना अधिकारी प्रहरी निरिक्षक सुर्दशन पन्थीका अनुसार गोप्य सूचनाका आधारमा सिंहको कोठामा छापा हान्दा शिवनारायण सिंहकै मृत्यु दर्ता प्रमाण भेटिएका छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलील सिंहको शरिर तथा घरकोठा तलासी गर्दा उनि बस्दै आएको घरको कोठाबाट शिवनारायण सिंहले निज स्वयमको मृत्यु प्रमाणीत कागज पाना १, रोहिणी गाउँपालिका ४ नम्बर वडा कार्यालय छिपागढ रुपन्देहीको रवर स्ट्याम्प (छाप) थान १, वडाध्यक्षको रवर स्ट्याम्प (छाप) थान १, र मिति २०६९ माघ ०५ गतेको शिव नारायण सिंहको नामको सदगद पुर्जी समेतको फोटोकपी समेत फेला परेको प्रहरी निरिक्षक पन्थीले जानकारी दिए । 

साथै १६०२९ नं को जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शिवनारायण सिंहको नामको नागरिकताको फोटोकपी समेत फेला परेको उनले बताए । पक्राउ परेका शिवनारायण सिंहलाई ईलाका प्रहरी कार्यालय बर्दघाट मार्फत नवलपरासी जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा म्यादथप गरी अनुसन्धान कार्य भईरहेको पन्थीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार