विश्व बाल दिवसको अवसर पारेर मन्त्री पौडेलद्वारा बाल क्यान्सर निशुल्क सेवाको सुभारम्भ

Ujyalosandeshonline 11553+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निशुल्क सेवाको समुद्घाटन गरिएको छ । बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलबाट बाल क्यान्सर निशुल्क सेवाको सुभारम्भ गरिएको हो । 

उद्घाटनपछि मन्त्री पौडेलले, १४ वर्ष मुनिका क्यान्सर विरामीहरुको उपचारमात्र निशुल्क नभई औषधी समेत निशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिए । 

अहिलेसम्म औषधि समेत निशुल्क हुने कुनै पनि निशुल्क सेवा राज्यले घोषणा नगरेको भन्दै आफूहरुले तयारीका साथ उक्त सेवा घोषणा गरेको बताए । 

उनले भने, ‘सबै बालबालिकालाई सेवाको सन्दर्भमा अस्पताल भन्दा बाहिरको त कुरा भएन तर अस्पतालले उपलब्ध गराउन सक्ने सबै सेवामा निशुल्क र औषधीमा पनि निशुल्क गर्ने यो पहिलो चोटी भएको हो । औषधि समेत निशुल्क हुने कुनै पनि निशुल्क सेवा राज्यले यो भन्दा अगाडि घोषणा गरेको छैन् । हामीले तयारीका साथ यो घोषणा गरेका छौं ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालले १४ वर्ष मुनिका क्यान्सर विरामीहरुलाई मंसिर २ गते देखि निःशुल्क उपचार सेवा शुरु गरिसकेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार