मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ जेठ २०८३, सोमबार

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गर्नुभएको छ । सभापति लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि पाँचदिने भारत भ्रमणमा जानुभएको हो । भ्रमणका क्रममा अध्यक्ष लमिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नुहुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

जसअन्तर्गत भाजपा नेतृत्वसँग छलफल हुने कार्यक्रमसमेत रहेको छ । साथै, उहाँले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकसँग भेटघाट गर्नुका साथै अयोध्याको व्यक्तिगत भ्रमण पनि गर्नुहुनेछ । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य हुनुहुन्छ ।नयाँदिल्लीस्थित नेपाली दूतावासले अध्यक्ष लमिछानेको उच्चस्तरीय भेटघाट तथा कार्यक्रमलाई सहज बनाउन समन्वय गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार