मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मर्चवारीमा विपन्न परिवारलाई कम्बल वितरण

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ४ कार्यालयले वडामा बसोबास गर्ने विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई, वडा नम्बर ४ का वडाअध्यक्ष ओमप्रकाश चौधरी कम्बल वितरण गरेका हुन् ।

वडाका २६० जना जेष्ठ नागरिक तथा विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरी सम्मान गरिएको वडा नम्बर ४ का सचिव अनिल धवलले बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बरईले सबैलाई दान दिन प्रेरित गरे । मर्चवारी गाउँपालिका यस्ता सामाजिक काममा अगाडी बढेको उनको भनाइ छ । जाडोलाई मध्यनजर गरी विभिन्न वडाहरुमा यस्ता कार्यक्रमहरुलाई अगाडी बढाइएको उनको भनाइ छ ।

विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत भट्टराईले वडा नम्बर ४ सम्पूर्ण राम्रो काम गरेको भन्दै प्रशंसा गरे । उनले वडा नम्बर ४ का टोल सुधार समितिहरुले उत्कृष्ट काम गरेको बताउँदै यसको सिको अन्य वडाहरुले पनि गर्नुपर्ने बताए । 

वडा नम्बर ४ का वडा अध्यक्ष ओम प्रकाश चौधरीको अध्यक्षतामा कार्यक्रममा वडा वडा सदस्यहरु, प्रहरी, समाजसेवी, विभिन्न टोल सुधार समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार