मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

जनताको विश्वासलाई कमजोर हुन दिनेछैनः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राई

रासस 540+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

राँझा (बाँके)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाँके निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका मोहम्मद इश्तियाक राईले जनताको विश्वासलाई कमजोर हुन नदिने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज नेपालगञ्जका आमजनतालाई सम्बोधन उहाँले देश र जनतालाई केन्द्रमा राखेर जनहित र समृद्ध मुलुक निर्माणमा सकारात्मक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

नवनिर्वाचिन सदस्य राईले भन्नुभयो, “मुलुकभरको पछिल्लो मतपरिणाम पार्टीले गरेको अपेक्षा अनुसार नभएको अवस्थामा बाँके–२ का जनताले आफूलाई जिताउनु भनेको यो क्षेत्रको समग्र विकासप्रति जनताको विश्वास हो, मैले यो विश्वासलाई कमजोर हुन दिनेछैन ।” उहाँले जनतासमक्ष गरेका सबै प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने बताउँदै विकासका बाँकी कामलाई पनि निरन्तरता दिने उल्लेख गर्नुभयो । राईले २४ हजार ६२८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेककुमार श्रेष्ठलले १८ हजार ६८२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका प्रवक्ता लालबहादुर कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार