मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपालगन्ज राष्ट्रिय ब्याडमिन्टनको उपाधि प्रिन्स दाहाललाई

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ माघ २०८०, शनिबार

नेपालगन्ज। प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहालले हात जितेका छन् । शनिबार नेपालगन्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न फाईनल खेलमा नेपाल आर्मीका कविर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले उपाधि उचालेका हुन् ।  नेपाल प्रहरीका जिवन आचार्य र एपीएफका अमन महर्जनले तेस्रो स्थान हात पारे ।

यसैगरी, महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपीएफकी शोभा गौचनलाई २१–१०,२१–८ को सोझो सेटमा पराजित गर्दै जितेकी छिन् । यस्तै, पुरुष युगलतर्फ एपीएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडी प्रथम भयो । सो जोडीले एपीएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गरेको थियो । एपीएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जिवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार