मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ

Ujyalosandeshonline 11011+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

पोखरा । हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका हुन् ।   

पक्राउ पर्नेमा पोखरा १४ मझेरीपाटन बस्ने वर्ष २९ को सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने वर्ष ३७ को विकास खवास र पोखरा १५ खाल्टेमसिना बस्ने वर्ष २६ को निशान दर्जीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 

उनीहरुबिरुद्ध प्रहरीले उक्त स्टोरबाट चोरी गरिएका ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी छ लाख रुपियाँ मूल्य बराबरको सामान चोरी गरेको आरोप लगाएको छ ।  

उनीहरुले उक्त स्टोरबाट चोरी गरी ल्याएका तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा पोखरा महानगरपालिका १४ चाउथेबाट पक्राउ गरिएको प्रहरीको दाबी छ ।  

उनीहरुको साथबाट तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा अन्दाजी ९६ के.जी. तामाको तार र ७ के.जी. तामाको टुक्रा बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।  

अभियुक्तहरु बिरुद्ध कास्की जिल्ला अदालतमा चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार